शनिबार, वैशाख २९, २०८१

यी हुन् सर्बाधिक बिक्री हुने एसयुभी कार

नेपालखोज २०८० साउन ६ गते १२:०१

काठमाडाैं । महिन्द्रा बोलेरो भारतमा सबैभन्दा बढी बिक्री हुने ७ सिटर कार बनेको छ । बोलेरोले महिन्द्राको स्कोर्पियो, एसयुभी ७०० तथा लामो समयदेखि सर्वाधिक बिक्री हुँदै आएको मारुती सुजुकी अर्टिगा जस्ता लोकप्रिय एसयूभीहरूलाई पछाडि छोडेको छ । गत महिना टोयोटाको इनोभा क्रिस्टा र हाइक्रसका साथै फोर्च्युनर जस्ता शक्तिशाली एमपिभि – एसयुभीहरू महिन्द्रा बोलेरोभन्दा पछाडि थिए ।

महिन्द्रा बोलेरो कति जनाले किनेका छन् ?

जुन २०२३ को ७ सिटर कार बिक्री रिपोर्ट हेर्ने हो भने महिन्द्रा बोलेरो पहिलो नम्बरमा थियो जसलाई ८,६८६ ग्राहकहरूले किनेका थिए। बोलेरोको बिक्रीमा वार्षिक १० प्रतिशतले वृद्धि भएको छ । यो ७ सिटर एसयूभी बजारमा बोलेरो तथा बोलेरो नियो प्लस जस्ता मोडलमा उपलब्ध छ ।

महिन्द्रा बोलेरोको एक्स-शोरूम मूल्य भारतमा ९.७८ लाख रुपैयाँबाट सुरु हुन्छ। जबकि बोलेरो नियोको एक्स-शोरूम मूल्य ९.६३ लाख रुपैयाँबाट सुरु हुन्छ। महिन्द्रा स्कर्पियो पनि राम्रो बिक्छ महिन्द्राको लोकप्रिय मिडसाइज एसयूभी स्कर्पियो गत जुनमा भारतीय बजारमा दोस्रो सबैभन्दा बढी बिक्री हुने ७ सिटर कार थियो जसको ८,६४८ युनिट बिक्री भएको थियो । स्कर्पियोको बिक्रीमा वार्षिक १०९% वृद्धि भएको छ ।

यसपछि मारुती सुजुकी अर्टिगाको नम्बर आउँछ जसको गत महिनाको बिक्री ८४२२ युनिट थियो ।

टोयोटा इनोभा सूचीमा चौथो नम्बरमा झरेको छ । जुन २०२३ मा यसको ८,३६१ युनिट बिक्री भएको थियो । इनोभाको बिक्री वर्षैपिच्छे २३ प्रतिशतले वृद्धि हुँदै आएको छ ।

Kia Carens पनि शीर्ष ५ बिक्री हुने सात सिटे गाडि हो जसले गत महिना ८,०४७ जना ग्राहकहरू पाएको थियो ।
सर्वाधिक बिक्रि हुने ७ सिटर कारको सूचीको छैठौं नम्बरमा महिन्द्रा XUV700 छ जसलाई ५,३९१ ग्राहकले खरिद गरेका थिए ।

यसपछि गत जुनमा टोयोटा फर्च्युनरका ३०८६, मारुती सुजुकी एक्सएल६का २ हजार ८५६, रेनो ट्राइबरका २ हजार २ सय ५७ र हुन्डाई अल्काजारका २ हजार ११९ इकाइ बिक्री भएका छन् ।

प्रतिक्रिया