सोमबार, असार १६, २०८२

थपिए १४ संक्रमित, ८ जना डिस्चार्ज

नेपालखोज २०७९ जेठ १९ गते १७:१६

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ४१३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार १८२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १०१ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ८ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ११० जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ लाख ४३ हजार ५८२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया