‘मूल्यवृद्धिले गरिब जनता मारमा परे, आयातित वस्तुको प्रतिस्थापनमा जोड देऊ’

नेपालखोज २०७९ जेठ २० गते १३:५०

काठमाडौ । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभा बैठकमापेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा भाग लिँदै उनले आयातित वस्तुहरुको प्रतिस्थापन नगरी मूल्य वृद्धिको समस्या हल गर्न नसकिने दाबी गरिन् ।

उनले सरकारले यस दिशामा पनि आफूलाई अगाडि बढाउनुपर्ने उनको सुझाव छ । सचेतक भुसालले गरिब जनता मूल्य वृद्धिको मारमा परिरहेको उल्लेख गरिन् । उनले जनताको ढाड सेक्ने मूल्यबृद्धि तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन् ।

रुस–युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्य वृद्धिको मारमा पर्नु परेको सचेतक भुसालले स्पष्ट पारेकी छन् । उनले त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत, सौर्य ऊर्जा लगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्र्नेमा जोड दिएकी छन् ।

प्रतिक्रिया