सोमबार, पुष ७, २०८२

अब कञ्चनपुरमा डिशहोम फाइबरनेटको शोरूम

नेपालखोज २०७९ जेठ २० गते १६:४१

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले कञ्चनपुरको महेन्द्रनगरमा सह–वितरण शोरुमको शुभारम्भ गरेको छ ।

जेठ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो शोरुमको सञ्चालन नवदुर्गा पशुपालन तथा कृषि फार्मले गर्नेछ । शो–रुम उद्घाटनमा डिशहोमका तर्फबाट पूर्वी क्षेत्रीय सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमालको उपस्थिति थियो । डिलरका तर्फबाट डिलरका म्यानेजर जगदीश भट्टकोे उपस्थिति थियो ।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएका नवदुर्गा पशुपालन तथा कृषि फार्मले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ ।

तीन सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका नवदुर्गा पशुपालन तथा कृषि फार्मले अब अझ बढी ग्राहकमाझ पुग्न पनि यस नयाँ शोरुमले मद्दत गर्ने नव दुर्गा पशुपालन तथा कृषि फार्मका सञ्चालकले जानकारी दिए ।

प्रतिक्रिया