रगत र रगतबाट तयार पारिएको रक्त-तत्वहरू उपलव्ध गराउन रक्तदाता समाजकाे आग्रह
नेपालखोज
२०७९ जेठ २० गते १९:३६

काठमाडाैं । नेपाल स्वयंसेवी रक्तदाता समाजले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रूणा झाले आफ्नै अभिव्यक्तिविपरीत कार्य गरेकाे भन्दै आपत्ति जनाएकाे छ ।
निर्देशक डा. रूणा झाले १५औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवससम्ममा नि:शुल्क रगत र रगतबाट तयार पारिएका रक्ततत्त्वहरू उपलब्ध हुनुपर्ने मागलाई सम्बोधन हुने बताएकी थिइन् । समाजले आज एक विज्ञप्ति जारी गर्दै १९ गते जारी गरेको सूचनाले स्वयंसेवी रक्तदाताहरू स्तब्ध भएकाे बताएका छन् ।
समाजले यथाशीघ्र नि:शुल्क दानमा उपलब्ध गराउँदै आएको रगत र रगतबाट तयार पारिएको रक्त-तत्त्वहरू बिरामीसमक्ष स्वास्थ्यलाभको निमित्त नि:शुल्क प्राप्तिका लागि आवश्यक कदम चाल्नसमेत आग्रह गरेकाे छ ।


सम्बन्धित

प्रतिक्रिया