आइतबार, वैशाख १६, २०८१

केशरी, प्रधान, शर्मा तथा गौतम पुरस्कृत हुँदै

नेपालखोज २०७९ जेठ २१ गते ८:२७

काठमाडौं । डम्बरकुमारी-गणेश कोइराला साहित्य प्रतिष्ठानद्वारा बर्सेनि प्रदान गरिँदै आएको ‘डम्बरकुमारी-गणेश आख्यान पुरस्कार’ आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई प्रदान गरिने भएको छ ।

यसैगरी यो पुरस्कार पाउने २०७६ की गीता केशरी, २०७७ का परशु प्रधान तथा २०७८ की डा. बेन्जु शर्मालाई पनि यसैपटक पुरस्कार हस्तान्तरण गरिने भएको छ ।

हरेक वर्ष प्रदान गरिँदै आएको यो पुरस्कार वितरण कार्यक्रम विगत तीन वर्षदेखि कोरोनालगायत अन्य प्रतिकूल परिस्थितिका कारण स्थगित हुँदै आएको थियो । स्थगित भएका सबै पुरस्कार यही जेठ २८ गते (शनिबार) राष्ट्रिय नाचघरमा एकैपटक हस्तान्तरण गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष मन्दिरा मधुश्रीले जानकारी दिएकी छन् ।

माया ठकुरी, एस्पी कोइराला, श्रीओम श्रेष्ठ, तुलसी हरि कोइराला, विष्णु विभु घिमिरे र मन्दिरा मधुश्री सदस्य रहेको छनोट समितिले पुरस्कृत स्रस्टाको छनोट गरेको हो । पुरस्कारको राशि १५००१ रुपैयाँ छ । यसअघि यो पुरस्कार २०७३ मा मोहनराज शर्मा, २०७४ मा डा. विणा हान्खिम तथा २०७५ सालमा श्रीओम श्रेष्ठलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया