महिला टी-२० छनोटमा नेपालले आज यूएईसँग खेल्ने
नेपालखोज
२०७९ जेठ २१ गते १०:०२

काठमाडौं । १९ वर्षमुनिको महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले आज( शनिबार) यूएईसँग खेल्ने भएको छ । खेल बिहान ११ बजे मलेसियाको यूकेएम ओभलमा सुरु हुने आयोजकले जनाएको छ ।
शुक्रबार भएको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो । यसैगरी पहिलो खेलमा यूएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो ।
नेपाल, मलेसिया, यूएई, थाइल्यान्ड, भुटान र कतार छनौटमा परेका छन् । छनोटमा शीर्ष टोली दक्षिण अफ्रिकामा हुने १९ वर्षमुनिको महिला टी–२० विश्व कपमा पुग्नेछ । नेपालले सोमवार भुटान, मंगलवार थाइल्यान्ड र बिहीवार मलेसियासँग खेल्ने जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया