शनिबार, जेठ ४, २०८२

त्रिविमा तालाबन्दी गर्ने र तोड्ने प्रतिस्पर्धा, १३२ दिन देखिको ताला अझै खुलेन

नेपालखोज २०७९ जेठ २१ गते १३:२२

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयमा फेरि तालाबन्दी गरेको छ । यता नेकपा (क्रान्तिकारी) ले भने विरोध गरेको छ । १३२ दिनदेखि नेविसंघले त्रिविका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यालयमा लगाएको ताला अझै खुल्ने छाँटकाँट देखिएको छैन ।

नेकपा (क्रान्तिकारी) ले जेठ १८ गते नेविसंघले लगाएको ताला तोडेको थियो । तर, नेविसंघले जेठ १९ गते फेरि तालाबन्दी जारी राखेको छ । खुलेको विश्वविद्यालयमा फेरि ताला लगाइनु स्वार्थपूर्ण निर्णय भएको नेकपा क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तालाबन्दी जारी राखे जुनसुकै अप्ठ्यारो अवस्थाको सामना गर्न सरकार तयार हुनुपर्ने चेतावनी क्रान्तिकारीले दिएको छ । क्रान्तिकारी विद्यार्थी संगठनले विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले महिनौँदेखि तालाबन्दी हुँदा पनि चासो नदेखाएको भन्दै आपत्ति प्रकट गरेको छ ।

प्रतिक्रिया