सर्वोच्चसँग खुसी : निजगढ विमानस्थलको फैसलामा ऐक्यबद्धता जनाउँदै प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालतको विमानस्थल निर्माणसम्बन्धी आदेशको पक्षमा ऐक्यवद्धता जनाउँदै काठमाडौंमा प्रदर्शन गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन दिएको आदेशको पक्षमा सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।
विमानस्थल प्रभावित क्षेत्र टांगियाबासीले आज (शनिबार) काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥यालीसहितको प्रर्दशन गरेका छन् । विकल्प तयार नगरीकन विमानस्थलको धावनमार्ग टांगियाबस्तीमा बनाउने सरकारको निर्णयको विपक्षमा सर्वोच्च अदालतको आदेश छ । उक्त आदेश कार्यान्वयनको माग गर्दै ऐक्यवद्धतास्वरुप काठमाडौंमा शान्तिपूर्ण र्यालीसहितको प्रदर्शन गरिएको जनाइएको छ ।
प्रदर्शनकारीले तत्काल विमानस्थलका प्रभावित क्षेत्रका नागरिकलाई लालपूर्जासहितको जमिनको व्यवस्था गर्न पनि माग गरेका छन् । ५० वर्षदेखि बसोबास गर्दै आएका स्थानीयलाई विस्थापित नगराउन चेतावनी दिएका छन् ।

प्रतिक्रिया