सोमबार, पुष ७, २०८२

एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको आईपीओ दोश्रो दिनमै ७२ प्रतिशत बिक्री

नेपालखोज २०७९ जेठ २१ गते २०:०१

काठमाडौं । एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको प्रति इकाई मूल्य १० रुपैंयाँ अंकित दरको १० करोड इकाई यही जेठ १९ गतेदेखि यही जेठ २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा निष्काशन तथा बिक्री खुल्ला भएको दोश्रो दिनको साँझ ६ बजेसम्म कुल निष्काशन गरेको इकाईको ७२ प्रतिशत इकाई बिक्री भइसकेको कम्पनीले जानकारी दिएको छ ।

एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको आईपीओमा साँझ छ बजेसम्म ४० हजार चार सय ३८ आवेदकबाट ७२ करोडभन्दा बढी इकाई खरिदको लागि आवेदन परेको छ । उक्त आईपीओ बन्द हुने मिति यही जेठ २४ रहेको हुँदा उक्त म्युचुअल फन्डमा लगानी गर्न चाहाने लगानीकर्ताहरुले यही मिति २०७९ जेठ, २४ गतेभित्र इकाई खरिदको लागि निवेदन दिन कम्पनीले आग्रह गरेको छ ।

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गरिने छ । उक्त योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचीकृत कम्पनीहरुमा लगानी गर्दा सूचीकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गिकरण गरी जुन क्यापभित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूह अन्तर्गतका कम्पनीहरुमा लगानी गरिन्छ ।

उक्त योजनाको न्यूनतम एक सय इकाई र अधिकतम एक करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सकिन्छ भने इकाई खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्वा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय र सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिनुपर्ने छ ।

उक्त फन्डमा लगानी गर्ने इकाई धनीहरुलाई योजनाको अवधिभरमा एक सय ३६ प्रतिशतभन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ । इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचयपत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनिवर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया