मुस्ताङका स्थानीय तहले करिब ९४ करोड रुपैयाँ अनुदान पाए

म्याग्दी । मुस्ताङ जिल्लाका स्थानीय तहहरुले संघीय सरकारबाट आगामी आर्थिक वर्ष ०७९/८० का लागि ९४ करोड रुपैयाँ अनुदान पाएका छन् ।
सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यअनुसार मुस्ताङका पाँच गाउँपालिकाले ९३ करोड ७७ लाख रुपैयाँ अनुदान पाएका हुन् । चालु शीर्षकमा ७९ करोड तीन लाख रुपैयाँ र पूँजीगततर्फ १४ करोड ७४ लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।
घरपझोङ गाउँपालिकाले २१ करोड ५३ लाख रुपैयाँ, थासाङ गाउँपालिकाले २१ करोड ६९ लाख रुपैयाँ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले १७ करोड १४ लाख रुपैयाँ बजेट पाएका छन् । यसैगरी लोघेकर-दामोदरकुण्ड गाउँपालिकाले १६ करोड ९३ लाख रुपैयाँ र लोमान्थाङ गाउँपालिकाले १६ करोड ४८ लाख रुपैयाँ अनुदान पाएका हुन् ।
सबैभन्दा बढी थासाङ र कम लोमान्थाङ गाउँपालिकाले अनुदान पाएका हुन् । स्थानीय तहहरुले संघीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसकेको रकमलाई समेटेर आगामी आवको बजेट बनाउने गर्छन् । मुस्ताङका स्थानीय तहले आगामी आवका लागि टोल र वडास्थलमा योजना छनोट प्रक्रिया थालेका छन् ।

प्रतिक्रिया