सोमबार, पुष ७, २०८२

एक्सेल डेभलपमेन्ट बैंकको विराटनगर शाखा स्थानान्तरण

नेपालखोज २०७९ जेठ २४ गते १५:००

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको विराटनगर शाखा स्थानान्तरण भएको छ । बैंकका अनुसार विराटनगर महानगरपालिका ७, शनि मन्दिर चोकस्थित शाखा, उक्त स्थानबाट करिब १०० मिटर दूरी दक्षिणतर्फ धरान–विराटनगर रोडको पश्चिम दिशामा स्थानान्तरण भएको हो ।

बैंकले उक्त शाखा स्थानान्तरण सम्बन्धी औपचारिक कार्यक्रम मंगलवारका दिन सम्पन्न गरेको छ । उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन प्रमुख अतिथी मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र बैंकका संचालक सुषमा शर्मा वस्तीले संयुक्त रुपमा गरेका हुन् । आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको शहर विराटनगरमा अवस्थित उक्त शाखाबाट ग्राहकहरूलाई विभिन्न किसिमका निक्षेप योजनामार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता वमोजिम आवाश, सवारीसाधन, व्यक्तिगत, व्यापारिकलगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले एबिबिएस, सि आस्वा, आईपीएस, कनेक्ट आईपिएस, अनलाईन क्यिरिङ, क्यु आर कोड तथा स्मार्ट मोवाईल बैंकिङ भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको भिसा डेविट कार्ड रेमिट्यान्स सेवालगायतका अधिकांश बैंकिङ सेवाहरू उक्त शाखा कार्यालयबाट प्रदान गरिँदै आएको जानकारी दिएको छ ।

बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग १० अर्ब ५८ करोड रहेको छ भने निक्षेप संकलन लगभग ११ अर्ब २७ करोड रुपैंयाँ रहेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल झापा, इलाम, मोरङ, पाँचथर र सुनसरीका विभिन्न ४३ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालय मार्फत ग्राहकहरू समक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने यसै महिनाभित्रमा मोरङ जिल्लाको पथरीमा थप नयाँ शाखा सञ्चालनमा आउने र आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कार्य संजाल वृद्धि गर्ने उदेश्यका साथ पु‘जी वृद्धि योजना अघि बढाएको छ ।

बैंककी सञ्चलक सुषमा शर्मा वस्तीको अध्यक्षतामा सम्पन्न भएको शाखा स्थानान्तरण कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले स्वागत मन्तव्य राखेका थिए । बैंकको वर्तमान गतिविबिारे प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले प्रकाश पारे । कार्यक्रममा बैंकका संस्थापक सेयरधनी डा. रुपकप्रसाद खनाल र उद्योगी–व्यावसायी श्यामप्रसाद पौडेललगायतले शुभकामनासहितको मन्तव्य राखेका थिए । प्रमुख अतिथी मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले आफ्नो मन्तव्यसहित शुभकामना प्रदान गरे । उक्त उदघाट्न कार्यक्रमको संचालन बैंकका कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

प्रतिक्रिया