१६ जनामा कोरोना, ६ जना डिस्चार्ज
नेपालखोज
२०७९ जेठ २५ गते १६:४५

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार १२१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै ९२८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १०९ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ८ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । गत चौबीस घण्टामा थप १लख १६ हजार ३८३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया