पिछडिएको वर्गलाई राहत : विद्युतीय चुलोका लागि अनलाइन फाराम खुल्यो

नेपालखोज २०७९ जेठ २५ गते १६:४८

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले विद्युतीय चुल्होको लागि आवेदन खुलाएको छ । पहिलो चरणमा लोपोन्मुख आदिवासी जनजाति र दलित वर्गमा पर्ने विद्यार्थीलाई चुल्हो वितरण गरिने केन्द्रले जनाएको छ । चुल्हो प्राप्त गर्न अनलाइन फारम भर्नुपर्ने हुन्छ । अनलाइन फराम वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको वेबसाइटमार्फत भर्न सकिने जनाइएको छ ।

फाराम भर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्र प्रतिलिपि आवश्यक पर्नेछ । यस्तै अन्य कागजपत्रमा लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्ग खुल्ने परिचयपत्र प्रतिलिपि वा सिफारिस आवश्यक पर्ने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया