इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता छानबिनको माग, अख्तियारमा युवा संघको उजुरी

काठमाडाैं । राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएकाे ।
महेश बस्नेतको नेतृत्वमा गएको टाेलीले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का दिइएको भन्दै छानबिनको माग गर्दै अख्तियारमा उजुरी दर्ता गराएको हो ।
संगठनले इम्बोस्ड नम्बर प्लेटको अनियमिततामा संलग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरेको छ । साथै उजुरीमा सिस्टम जडान नगरी खोक्रो नम्बर प्लेट अनिवार्य लगाउनुपर्ने, सवारी साधनमा नम्बर प्लेट नलगाए पनि सरकारले भुक्तानी गर्नुपर्ने प्रावधान जस्ले खुल्ला भ्रस्टाचार भएको स्पस्ट रहेकाे जनाएकाे छ ।
त्यस्तै उनीहरुले इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपीमा नराख्नुको कारण र जनतामाथि इम्बोस्ड नम्बर राख्न दिएको दबाबका विषयमा पनि अख्तियारलाई जानकारी गराएको छ ।
संघले विश्व बैंकद्वारा कालो सूचीमा रहेको विदेशी कम्पनीलाई ठेक्का प्रदान गर्नु, गुणस्तरहीन नम्बर प्लेटका कारण जनता मारमा पर्नु, अचाक्ली महङ्गो नम्बर प्लेट जस्को पर्ने लागतभन्दा कयौं गुना बढी रकम लिनु लगायतका विषयहरु खुलाई मुद्दा दर्ता गराएको छ ।


तस्बिर : महेश बस्नेतकाे फेसबुकबाट

प्रतिक्रिया