गुरु ट्राभल्स र विधि प्रालि सहकार्य

काठमाडौं । नेपाली पर्यटन क्षेत्रकै प्रथम पब्लिक ट्राभल कम्पनी गुरु ट्राभल्स् लिमिटेडले सूचना प्रविधि र सप्mटवेयरसम्बन्धी सहकार्यका लागि विधि प्रा.लि.सँग सम्झौता गरेको छ । बुधबार भएको व्यावसायिक सहकार्यसम्बन्धी समझदारीपत्रमा गुरु ट्राभल्स लि.का प्रमुख कार्यकारी अधिकृत नवराज धरेल र विधि प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा दुवै कम्पनीहरूले एक आपसमा प्राविधिक र पर्यटन कार्यको प्रवर्द्धनका लागि सहकार्य गर्ने प्रयोजन राखिएको छ । जसमा विधि प्रा. लि.ले प्रविधि पार्टनर र गुरु ट्राभल्स् लि.ले ट्राभल पार्टनरका रुपमा एक अर्कालाई प्रवर्द्धन गर्दै अगाडि बढ्ने र ग्राहकलाई सेवा प्रदान गर्नेछन् ।
गुरु ट्राभल्स् लि.ले विश्व भ्रमणजस्ता आउटबाउन्ड पर्यटन र विश्वभरका पर्यटक आकर्षित गर्न इन्बाउन्ड पर्यटन लगायतका विविध क्षेत्रमा ट्राभल प्याकेज सेवा प्रदान गर्नेछ । गुरु ट्राभल्स लि.ले पब्लिक पार्टनरसिप मोडललाई आत्मसात् गरेको छ । पर्यटन नै देश विकासको मुख्य आधार मान्ने यस संस्थाले पर्यटन प्रवर्द्धनका विशेष प्याकेज अगाडि सारेको छ । विधि प्रा.लि. ले सोको प्रयोजनमा सिस्टम सफ्टवेयरहरू उपलब्ध गराउने छ ।
एक समारोहबीच गुरु ट्राभल्स् लि.को सम्पर्क कार्यालयमा भएको सम्झौतापछि संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले एक–आपसमा जोडिन पाउँदा हर्षित भएको एवम् भविष्यमा एक अर्कासँग राम्रो सहकार्य रहने विश्वास गर्ने बताए । उता विधि प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले गुरु ट्राभल्स् लि.का ट्राभल्ससम्बन्धी गतिविधिलाई विश्वभर नै फैलाउन आफू लागिपर्ने बताए ।








प्रतिक्रिया