शुक्रबार, वैशाख ७, २०८१

‘भन्दै होलान् सहरमा भुल्यो गाउँको ठिटो…’ (भिडियोसहित)

नेपालखोज २०७९ जेठ २५ गते २२:०४

काठमाडौं । गायक तथा संगीतकार कन्हैयासिंह परिवारको ‘भन्दै होलान् सहरमा भुल्यो गाउँको ठिटो…’बोलको गीत सार्वजनिक भएको छ । कन्हैयाको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा आमनेपाली युवाको सपना र जीवन संघर्षको कहानी छ ।

सुमन बैरागी पण्डितको शब्द तथा सन्तोष श्रेष्ठको संगीतमा तयार भएको गीतको भिडियोमा श्रीदेव भट्टराई, कञ्चन चलिसे, उद्धवप्रसाद भट्टराई, नम्रता खरेल, राजु कार्की, घ्यामोजो लामा, सीता लामा, कुमार स्याङ्बो गोपाल आदिको अभिनय छ । माधवराज खरेलको निर्देशन तथा राजेश कुमारको सम्पादनमा बनेको गीत आलाप स्टुडियोमा रेकर्ड गरिएको हो । रेकर्डिस्ट भने सन्जय श्रीपाल हुन् ।

गीतको उत्पादन संयोजक कमला जोशी हुन् भने छायांकन जीवन पराजुलीको टिमले गरेको हो । निकै कर्णप्रिय सुनिएको गीत चाँडै दर्शकले मन पराउने अपेक्षा लिएको गायक कन्हैया बताउँछन् ।

गीत सार्वजनिक गर्दै गायक कन्हैयाले भने, ‘गीतमा आमनेपाली युवाको सपना र जीवन संघर्षको कहानी छ । गीत र भिडियो के कस्तो लाग्छ कृपया प्रतिक्रिया दिनु हुन हार्दिक अनुरोध गर्दछु, जय नेपाली संगीत ।’

हेर्नुहोस् गीत :

प्रतिक्रिया