एएफसी एसियन कप : पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित
नेपालखोज
२०७९ जेठ २६ गते ६:२९

काठमाडाैं । एएफसी एसियन कप छनोट अन्तर्गत पहिलो खेलमा नेपाल जोर्डनसँग २-० अन्तरले पराजित भएको छ ।
कुवेत स्थित जाबेर अल अहमद रंगशालामा भएको खेलको पहिलो हाफमा नेपालले बराबरी खेल्न सफल भएको थियो ।
जारी प्रतियोगितामा समूह ‘ए’ मा जोर्डन र इन्डोनेसियाले जितका साथ प्रतियोगिता सुरु गरेका छन् । एसियन कप छनोटको समूह ‘ए’ मा नेपालले अर्को खेल कुवेतसँग खेल्नेछ ।
त्यसपछि अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग खेल्नेछ । यसअघि भएको खेलमा इन्डोनेसियाले कुवेतलाई दुई एकले हराएको थियो ।
सम्बन्धित
प्रतिक्रिया