प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेयकमाथिकाे छलफल जारी रहने
नेपालखोज
२०७९ जेठ २६ गते ७:०३

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आज पनि विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि पनि छलफल हुनेछ ।

सम्बन्धित

प्रतिक्रिया