मेलम्चीमा बाढी, अस्थायी पुलमा क्षति
नेपालखोज
२०७९ जेठ २६ गते ९:३०

सिन्धुपाल्चोक । अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ । गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ ।
वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युमपाइप जडित फट्टेको पुलमा क्षति पुगेको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ ।
अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङसहितको टोलीले उक्त क्षेत्रको अनुगमन गरेपछि पुलको मर्मत थालिएको छ ।
मेलम्ची नगरपालिका–७ र ११ जोड्ने फट्टेमा अस्थाई कल्भर्टमा क्षति पुगेसँगै यातायात सेवा अवरूद्व भएको छ । रासस
सम्बन्धित

प्रतिक्रिया