आइतबार, असार ८, २०८२

सुनकाे मूल्य बढ्याे, चाँदीकाे स्थिर

नेपालखोज २०७९ जेठ २६ गते ११:२०

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ बढेकाे छ, भने चाँदीको भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला ५ सयले बढेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार पनि ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ५ सयले बढेकाे छ ।आज तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य स्थिर रहेकाे छ । आज चाँदी १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया