आइतबार, पुष ६, २०८२

कंगाेकाे हीरा खानीमा पहिराे, ४० जनाकाे मृत्यु

नेपालखोज २०७९ जेठ २६ गते १८:१९

काठमाडाैं । प्रजातान्त्रिक गणतन्त्र कंगाेको मध्य क्षेत्रमा मंगलबार हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् ।

कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा शहरमा भएको घटनाको हताहतबारे सञ्चारलाई जानकारी गराएका छन् ।

उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए । पीडितहरु सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको ती अधिकारीले बताए । पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ ।

प्रतिक्रिया