सोमबार, पुष ७, २०८२

डिशहोममा एक वर्षको रिचार्ज गर्दा एक लाख नगद

नेपालखोज २०७९ जेठ २६ गते १८:४१


काठमाडौं । अब एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फन्ड ट्रान्सफर मार्फत एक वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक साता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख जित्ने अवसर पाउनेछन् । यसै क्रममा फाकफोकथुम २, ईलामकी मन्दिरा राईले नगद एक लाख जितेकी छन् ।

कुबेर ईलेक्ट्रोनिक्स पुवाखोला, इलामका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर राईले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । डिशहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपाने, डिस्ट्रीव्युटर म्यानेजर हेमन्त निरौला र सेल्स अफिसर प्रज्वल अधिकारी इलाममा पुगेर राईले जितेकोे पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।

विजेता राईलाई बधाई दिँदै सम्पुर्ण डिशहोम डीटीएचका ग्राहकहरुले यो योजनामा सहभागीता जनाई लाभ लिन विश्वास कम्पनीले लिएको छ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक साता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिने छ ।

प्रतिक्रिया