प्रधानमन्त्रीले शाहलाई भने- स्थानीयसँग छलफल गरी फोहोरको दिर्घकालीन समाधान खोज्नू

नेपालखोज २०७९ जेठ २६ गते २२:०४

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई बोलाएर काठमाडौंको फोहर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् ।

प्रधानमन्त्री देउवाले आज प्रमुख साहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहेको बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले फोहर व्यवस्थापन हुने स्थल बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न आग्रह गरेका थिए ।

प्रतिक्रिया