काठमाडौं उपत्यकाकाे फोहोर व्यवस्थापनका लागि १८ बुँदे सहमति

काठमाडौं । काठमाडौं उपत्यकाका फोहोर व्यवस्थापनका लागि १८ बुँदे सहमति भएको छ । काठमाडौंको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल बञ्चरेडाँडा ल्याण्डफिल साइडबीचमा फोहोर व्यवस्थापन गर्न मध्यरातमा १८ बुँदे सहमति भएको हो ।
उक्त सहमतिमा शुक्रबारदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न स्थानीयबाट कुनै पनि अवरोध नगर्ने भनिएको छ । त्यस्तै जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए ।
फोहोर व्यवस्थापन स्थानका स्थानी बासीबीचमा बिहीबार भएको सहमतिपत्रमा ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षले हस्ताक्षर गरेका छन् । यस्तै महानगरपालिकाको तर्फबाट मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।
हेर्नुहाेस् सहमति पत्र



प्रतिक्रिया