बसको ठक्करले सहचालकको मृत्यु

नेपालखोज २०७९ जेठ २७ गते ८:२८

चितवन । पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ । आज बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौंबाट भारतको सिलगीतर्फ जाँदा गरेको बा५ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो । 

दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । रासस

प्रतिक्रिया