१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि बुस्टर डोज
नेपालखोज
२०७९ जेठ २७ गते ९:४४

काठमाडौं । सरकारले १२ देखि १७ वर्ष उमेर समूहलाई आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएकाहरुले बुस्टर डोज लगाउन सक्ने छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजबाट १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको बुस्टर डोज दिइने जनाएकाे हाे ।
यसैबीच मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने तयारी पनि गरिरहेको छ । देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको छ ।
सुरुमा २७ वटा जिल्लामा खोप अभियान संचालन गरिने र त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान संचालन गरिने जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया