फेरि बढ्याे सार्वजनिक सवारीको भाडा
नेपालखोज
२०७९ जेठ २७ गते १९:५०

काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ । पेट्राेलियम पदार्थकाे भाउ बढेको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा बढाएको हो ।
यातायात व्यवस्था विभागका अनुसार जेठ २७ गतेदेखि लागू हुनेगरी सरकारले न्यूनतम ३.७ प्रतिशतसम्मले भाडा वृद्धि गरिएको हो । साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ २.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ३.३ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ३.७ प्रतिशतले वृद्धि गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया