प्रदेश १ र मधेस प्रदेशमा हल्का वर्षा, यस्तो छ देशभरको मौसमी अवस्था !

नेपालखोज २०७९ जेठ २८ गते ६:३०

काठमाडौं । प्रदेश १ र मधेस प्रदेशलगायत देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ र मधेस प्रदेशका एक-दुई स्थानका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भईरहेको छ ।

नेपालको प्रदेश १, मधेस, वाग्मती र गण्डकीका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ ।

आज (शनिबार) दिउँसो प्रदेश १, मधेस, वाग्मती र गण्डकीलगायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदलीदेखि सामान्यत: मौसम सफा रहने महाशाखाको नियमित बुलेटिनमा उल्लेख छ । प्रदेश १, वाग्मती र गण्डकीका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति भने प्रदेश १, मधेस, वाग्मती र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहने विभागले जनाएको छ । प्रदेश १ का केही स्थान र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा मधेस र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया