पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
नेपालखोज
२०७९ जेठ २८ गते ७:३०

चितवन । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।
गएराति ९ बजे चितवनको इच्छाकामना ६, तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो ।
पहिरो हटाएर राति साढे १ बजेबाटै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । -रासस
सम्बन्धित

प्रतिक्रिया