भक्तपुरको चाँगुनारायण केन्द्रविन्दु भएर ४.७ रेक्टरको भूकम्प

नेपालखोज २०७९ जेठ २८ गते ८:२०

काठमाडौं । भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु भएर ४.७ रेक्टरको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीले २०७२ वैशाख १२ गते गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५८३ परकम्प गएको जानकारी दिए । उक्त भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । -रासस

प्रतिक्रिया