फोहोर उठ्न थालेपछि काठमाडौंवासी खुसी
नेपालखोज
२०७९ जेठ २८ गते ११:१२

काठमाडौं । स्थानीय तहको निर्वाचनदेखि थुप्रिएको काठमाडौंको फोहोर व्यवस्थापन हुन थालेको छ । काठमाडौं महानगरपाचलिका र बञ्चरेडाँडाबासीबीच १८ बुँदै सहमति भएसँगै फोहोर उठाउन थालिएको हो । एक महिनादेखि काठमाडौंको चोकबजारमा फोहोर जम्मा हुँदा दुर्गन्धको समस्या हुँदै आएको थियो ।
काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाबासीबीच फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएसँगै कोटेश्वरलगायत अन्य ठाउँको पनि फोहोर उठान थालिएको छ । बञ्चरेडाँडाबासीसँग बिहिबार मध्यरातमा भएको सहमतिअनुसार रातिको समयमा मात्रै फोहोर ओसार्ने सहमति भएको थियो । फोहोर उठ्न थालेसँगै काठमाडौंबासीमा अब भने फोहोर व्यवस्थापन हुनेमा आशा जागेको छ । काठमाडौंवासी दीर्घकालीन फोहोर व्यवस्थापन हुनेमा आशावादी देखिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया