पूर्वमन्त्री मिथिला चौधरीको निधन
नेपालखोज
२०७९ जेठ २८ गते ११:३२

काठमाडौं । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनकी छोरी रक्षाले जानकारी दिएकी छन् ।
मिथिला संविधानसभा सदस्यसमेत थिईन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । । उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।
सम्बन्धित

प्रतिक्रिया