आइतबार, पुष ६, २०८२

युक्रेनको मारिउपोलमा सडेको अवस्थामा सयौं शव, हैजाको उच्च जोखिम

नेपालखोज २०७९ जेठ २८ गते १२:५४

किएभ । युक्रेनको प्रशिद्ध सहर मारिओपोलमा हैजा प्रकोपको जोखिम बढेको छ । यो प्रशिद्ध बन्दरगाह सहर रुसी सेनाको आक्रमणबाट ध्वस्त भएकोछ । यो सहर गएको मे महिनामा रुसले कब्जा गरेको यस सहरमा धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

पिउने पानीमा ढल मिसिएको अवस्था रहेको छ । रुसी सैनिकको आक्रमणमा सयौं मारिएका छन् । ज्यान गुमाएकाहरूको शव अहिलेसम्म जम्मा नगरिएको अवस्था छ । सहरमा फोहोर बढेको छ भने पानी तथा खानाबाट हैजा प्रकोपको जोखिम बढेको जनाइएको छ ।

हैजा दूषित खानेकुरा वा पानीबाट सर्ने चिकित्सकहरू बताउँछन् । धेरै शवहरू अझै भग्नावशेषमुनि सडेको अवस्थामा छन् ।

प्रतिक्रिया