सोमबार, असार १६, २०८२

बेपत्ता युवक इनारमा मृत फेला

नेपालखोज २०७९ जेठ २८ गते १३:४४

कपिलवस्तु । कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ । तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका ९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो ।

श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिएका छन् । उनका अनुसार कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ ।

प्रतिक्रिया