सोमबार, असार १६, २०८२

बाह्य देश जाँदा कोरोना नभएको रिपाेर्ट बुझाउनु पर्ने नियम अमेरिकाले हटायाे

नेपालखोज २०७९ जेठ २८ गते १४:५८

काठमाडौं । अन्तर्राष्ट्रिय यात्रामा कोरोना परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान अमेरिकाले हटाइदिएको छ । अमेरिकामा कुनै पनि देशको उडान गर्नुभन्दा एकदिन अघि कोरोना सङ्क्रमण नभएको परीक्षण रिपोर्ट पेस गर्नुपर्ने प्रावधान थियो ।

सरुवा रोग रोकथाम तथा नियन्त्रण निकायहरूको सुझावका आधारमा अमेरिका यस्तो निर्णयमा पुगेको हो । कोरोना विरुद्धको लडाइँमा भएको प्रगतिका कारण प्रतिबन्ध हटाइएको त्यहाँका स्वास्थ्यमन्त्रीले दाबी गरेका छन् ।

कोरोना परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था हटाए पनि कोरोना विरुद्धको खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्ने नियम हटाइएको छैन ।

प्रतिक्रिया