प्रतिनिधिसभाको बैठक, विनियोजन विधेयकमाथिको छलफल जारी रहने
नेपालखोज
२०७९ जेठ २९ गते ७:०४

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आज पनि विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल हुनेछ ।

सम्बन्धित

प्रतिक्रिया