शनिबार, वैशाख १३, २०८२

राष्ट्र बैंकद्वारा पुनः २० अर्ब रुपैयाँको ट्रेजरी आह्वान

नेपालखोज २०७९ जेठ २९ गते १२:०५

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि (सोमबार) अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने जेठ ३१ गते तोकिएको ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरी ९१ दिने अवधिको पाँच अर्ब, एक सय ८२ दिने अवधिको चार अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँबराबरको छ । राष्ट्र बैंकका अनुसार भोलि जारी गरिने कुल २० अर्ब रुपैयाँ ट्रेजरीमध्येमा १५ अर्ब रुपैयाँबराबरको पुरानो नवीकरणअन्तर्गत र बाँकी पाँच अर्ब नयाँअन्र्तगतको रहेको छ ।

यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७९ भदौ २८ गते, २०७९ मंसिर २७ गते र २०८० जेठ ३० गते तोकिएको छ । यसअघि यही जेठ २३ गते पनि राष्ट्र बैकले २१ अर्ब नौ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया