भोलिदेखि यु–१२ टिम टेनिस
नेपालखोज
२०७९ जेठ २९ गते २०:४४

काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता, रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव मनोहरदास मुलले बताए ।
नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट समान ३–३ ब्वाइज÷गल्र्सले प्रतिस्पर्धा गर्ने छन् । पाकिस्तानबाट भने ३ ब्वाइजले मात्र खेल्नेछन् । टिम टेनिसमा २ सिंगल्स र १ डबल्स खेल हुनेछ ।
छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरिएको टेनिस संघले जनाएको छ । नेपालले तेश्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया