एमालेको सचिवालयकाे बैठक बस्दै, स्थानीय चुनावको समीक्षा गर्नेलगायतकाे एजेन्डा
नेपालखोज
२०७९ जेठ ३० गते ७:०२

काठमाडाैं । नेकपा एमालेको सचिवालयकाे बैठक बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएकाे छ ।
बैठकमा गत वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेन्डा रहेकाे छ । यसअघि आइतबार एमालेको केन्द्रीय कार्यालयको बैठक बसेको थियो । सोही बैठकले आजको सचिवालय बैठकको एजेण्डा तय गरेको हो ।
जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्न आज सचिवालय बैठक बस्ने भएको हो ।
साथै एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट आज सचिवालयको बैठकमा पेस गरिने भएको छ ।
सम्बन्धित

प्रतिक्रिया