मकवानपुर गोल्डकप : फाइनल खेल हुँदै

काठमाडाैं । हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि लागि खेल हुँदैछ ।
हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा आज दिउँसो ३:३० बजे फाइनल खेल हुँदैछ । प्रि–म्याच कन्फ्रेन्समा फाइनलमा नेपाल आर्मी र विजय युथ क्लबबी हुँदै छ ।
यस प्रतियोगितामा हालसम्म थ्रीस्टार, मकवानपुर–११ र आर्मीले जितेको छ। प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
उपविजेताले दशलाख रुपैयाँमा पाउने छ भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई आयोजक मकवानपुर जिल्ला फुटबल संघले ६ लाख रुपैयाँको बुलेट बाइक प्रदान गर्नेछ ।
प्रतियोगिताको विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ । जेठ १९ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया