विवादमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण !

नेपालखोज २०७९ जेठ ३० गते १२:४५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विदेश भ्रमणको विषयलाई लिएर छलफलका लागि बोलाइएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले असार ५ गतेको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो ।

संसद बैठक चलिरहेका बेला एमाले सांसदहरूले निकट भविष्यमै हुन लागेको भनिएको प्रधानमन्त्रीको देउवाको भ्रमणलाई लिएर आवाज उठाउँदै आएका छन् ।

समितिले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको बिषयमा जानकारी लिने जनाइएको छ । समितिले प्रधानमन्त्री देउवासँग छलफल गर्नुअघि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने भएको छ ।

प्रतिक्रिया