बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार सिसन्धुपाल्चोक, जुगल गाउपालिका वडा नं. ७ घर भई हाल काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ बस्ने भिम बहादुर तामाङलाई ललितपुरको भैसीपाटीबाट पक्राउ गरिएको हो ।
प्रतिवादी भिम बहादुर तामाङले पर्याप्त मौज्दात रकम नभएको ज्योति विकास वैंक लिमिटेड, जोरपाटी शाखामा रहेको निजको नामको खाताबाट रकम भुक्तान हुने भनी जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी बिसं २०७७ फागुन १७ गते दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्ने बैंकिङ कसूर मुद्दामा निज प्रतिवादीलाई सम्मानित उच्च अदालत पाटनबाट बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएको थियो ।
सो अनुसार तामाङलाई सात दिन कैद र १८ लाख ६० हजार रुपैंयाँ जरिवाना ठहर भएको थियो । उक्त सजाय वेरुजू भई फरार रहेका निजलाई यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले आज सोमबार भैसेपाटी, ललितपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै सम्मानित ललितपुर जिल्ला अदालतमा पेश गरेको सीआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया