विनियोजन विधेयकमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने
नेपालखोज
२०७९ जेठ ३१ गते ७:३५

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ । आजकाे बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्य जारी रहने छ ।
युवा तथा खेलकुद मन्त्री, शहरी विकास मन्त्री, कृषि तथा पशुपन्क्षी विकास मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्री र अर्थ मन्त्रीले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने कार्यसूची रहेको छ ।
आजको बैठकमा १० वटा मन्त्रालयका सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गर्दै जनाएको छ ।

सम्बन्धित

प्रतिक्रिया