आइतबारको सार्वजनिक बिदा खारेजसँगै भोलिदेखि नयाँ कार्यालय समय निर्धारण
नेपालखोज
२०७९ जेठ ३१ गते ७:५६

काठमाडाैं । सरकारले असार १ गतेदेखि लागू हुने गरि आइतबारको सार्वजनिक बिदा खारेज हुने जनाएकाे छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भाेलिदेखि लागू हुनेगरी नयाँ कार्यालय समय निर्धारण गरेको छ । गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरी नयाँ कार्यालय समय निर्धारण गरेको हो ।
जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले परीक्षणको रुपमा लागू गरिएको सातामा दुई शनिबार र आइतबार सार्वजनिक बिदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो । आइतबारको बिदा खारेजसँगै गृह मन्त्रालयले नयाँ कार्यालय समय निर्धारण गरेको छ ।

सम्बन्धित

प्रतिक्रिया