शान्ति समाजले गर्‍यो ५ जिल्लामा रक्तदान कार्यक्रम

नेपालखोज २०७९ जेठ ३१ गते १३:५०

काठमाडौं । विश्व रक्तदाता दिवस १४ जुन ( ३१ जेठ) का अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा ५ जिल्लामा रक्तदान कार्यक्रम गरिएका छन् । शान्ति समाज चितवन शाखाद्वारा भरतपुरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा चितवन शाखा सभापति शम्भु राउतसहित ३३ जनाले र शान्ति समाज काठमाण्डौ शाखाले बौद्धमा आयोजना गरेको कार्यक्रममा समाजका महासचिव रामकृष्ण बरालसहित २९ जनाले रक्तदान गरेका छन् । यसैगरी सुर्खेत शाखाद्वारा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा शाखा सभापति प्रकाश शाही, सचिव दीपक गौतमसहित २१ जनाले रक्तदान गरे ।

सुर्खेतमा गरिएको रक्तदान कार्यक्रमका सहभागी । तस्बिर : शान्ति समाजको सचिवालय

जेठ ३१ गते नै शान्ति समाज रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा केन्द्रीय सचिव मीना ढकाल, शाखा उपसभापति कृष्ण भट्टराईसहित २० जनाले रक्तदान गरेको समाजका केन्द्रीय महासचिव रामकृष्ण बरालले विज्ञप्तिमार्फत जनाएका छन् ।

यसैगरी शान्ति समाज दाङ शाखाद्वारा तुलसिपुरमा आयोजित कार्यक्रममा १२ जनाले रक्तदान गरे । त्यसक्रममा शान्ति समाजका आजीवन सदस्य हेमेन्द्र खड्काले २०औं पटक रक्तदान गरे ।

चितवनमा गरिएको कार्यक्रममा रक्तदातालाई प्रमाणपत्र प्रदान गरिँदै ।
बुटवलमा गरिएको रक्तदान कार्यक्रमका सहभागी ।

प्रतिक्रिया