सोमबार, पुष ७, २०८२

कुमारी बैंक र ड्रिमल्यान्ड गोल्ड रिसोर्टबीच सम्झौता, ३० प्रतिशतसम्म छुट दिइने

नेपालखोज २०७९ जेठ ३१ गते १५:०१

काठमाडौं । कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलबीच सम्झौता भएको छ । बैंकका अनुसार आफ्ना ग्राहकलाई ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि वज्राचार्यले तथा ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलका तर्फबाट महाप्रबन्धक लक्ष्मण खड्काले हस्ताक्षर गरेका हुन् ।

डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्न कुमारी बैंकले यस सहकार्यमार्फत ड्रिमल्यान्डका विभिन्न सेवामा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट–क्रेडिट कार्डवाहकले उक्त होटेल बसाइमा रुम शुल्कमा ३० प्रतिशत र खानपानमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सन्जाल, १८६ एटीएम, ४२ शाखारहित बैंकिङ एकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सुविधा दिँदै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया