जनरल इन्स्योेरेन्स कम्पनीको जीआईसी नेपाल नामक एप संचालनमा

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले मंगलबार अमृतभोग, कालिकास्थानमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभामा संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालद्वारा पेस भएको आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित भएको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्ष (एनएफआरएस)सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसूची माथि छलफल गरी पारित भएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्दै सभा सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
साथै उक्त साधारण सभाको सुअवसरमा बिमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित जीआईसी नेपाल नामक एप संचालनमा ल्याएको छ ।








प्रतिक्रिया