शनिबार, वैशाख १३, २०८२

नक्सालमा खुल्यो फक्सवागनको सुविधा सम्पन्न सोरुम

नेपालखोज २०७९ असार १ गते १५:५५

काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक बिक्री वितरक, पूजा इन्टरनेसनल नेपाल प्रालिले नक्सालमा पनि जर्मन स्ट्यान्डर्डको फ्ल्यागसिप सोरुम खोलेको छ ।

कम्पनीले ग्राहकको बढ्दो मागअनुसार नक्सालमा ५–तारे अनुभवको अत्याधुनिक सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याएको जनाएको छ । नेपालका लागि मित्रराष्ट्र जर्मनीका राजदूत थोमस प्रिंज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मीनबहादुर कुँवर, विशाल ग्रुपका प्रबन्ध निर्देशक विशाल अग्रवाल र सञ्चारकर्मीको उपस्थितिमा उक्त सोरुम उद्घाटन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

सोरुम उद्घाटनबारे टिप्पणी गर्दै पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिृकत विवेक विजुक्छेले भने, ‘नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधा सम्पन्न सोरुम खोल्न पाउँदा निकै खुसी छौं । यो सोरुमले ग्राहकलाई फक्सवागनको गाडी खरिद गर्न अझ सजिलो बनाउनेछ ।’ नयाँ सोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त सोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उनले जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत बिजुक्छेका अनुसार यो सोरुमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म तनावमुक्त भई फ्री सर्भिसिङ र फ्री कन्जुमबेल्स पाउनेछन् ।

पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री गर्दै आएको छ । फक्सवागनका गाडी बलियो डिजाइन र युरोपेली प्रविधिबाट तयार गरिएकाले नेपाली गाडी पारखीमाझ निकै लोकप्रिय छन् । जसले यसलार्ई नेपालको निकै रुचाइएको ब्रान्ड पनि बनाएको छ । नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा छन् ।

प्रतिक्रिया