मंगलबार, असार १७, २०८२

२५ जनामा कोरोना, ६ जना डिस्चार्ज

नेपालखोज २०७९ असार १ गते १६:३८

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २ हजार ८५६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार ४९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ९७ जना सक्रिय संक्रमित छन् ।

चौबीस घण्टामा थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । ६ जना भने संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । गत चौबीस घण्टामा थप १ लाख ६८ हजार २१७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया